फेरि थिलथिलो बन्यो मेलम्ची, माथिल्लो तटीय क्षेत्रबाट पुरिएको माटो बोकेर बग्दैछ मेलम्ची (तस्वीरहरू)

Melamchi 17

काठमाडौं । ढेढ महिना अघि मात्रै आएको बाढील थिलथिलो बनेको सिन्धुपाल्चोकको मेलम्ची बल्ल तङ्रिन मात्र थालेको थियो । तर, फेरि हिजो रातीदेखि परेको अविरल वर्षा र त्युपछि आएको बाढीले फेरि थिलथिलो बनाएको छ ।

सिन्धुपाल्चोकको रातो पुल बाढीले बगाएको छ । बाढीले आइतबार बिहान पुल पनि बगाएको हो । गत असार १ गते आएको बाढीमा यो पुल जोगिएको थियो ।

मेलम्चीमा गएराति फेरि बाढी आउँ १० घर बगाएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार बाढीले रेडियो मेलम्चीको भवन बगाएको र अन्य केही घरमा पनि क्षति पुर्याएको छ । तालामाराङको प्रहरी चौकी पनि बाढी पसेपछि विस्थापित भएको छ ।

मेलम्चीमा फेरि लेदोसहितको बाढी आएपछि हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पासहितको टोलीले जलाधार क्षेत्रको अवलोकन गरेको छ ।

केही समयअघि बाढीले क्षति पुर्‍याएको हेलम्बु क्षेत्रमा शनिबार राति भारी वर्षा भइरहेको छ । वर्षासँगै खोला तथा नदीहरूको बहाव पनि बढेको छ ।

बाढीपहिरो पीडितहरु विस्तारै सामान्य अवस्थामा फर्किंदै गर्दा गएराति फेरि बाढी आएपछि त्यहाँका स्थानीयहरु थप समस्यामा परेका छन् । यसअघिकै स्थानबाट अहिले पनि लेदो माटोसहितको बाढी बगेको स्थानीय बासिन्दाले बताएका छन् ।

यसअघि असार १ गते आएको बाढीले पनि हेलम्बु र मेलम्ची लगायतमा ठूलो क्षति पुर्याएको थियो । सो बाढीका कारण ५ जनाको मृत्यु भएको थियो भने १५ जना अझै बेपत्ता छन् ।

यसअघि पुरिएका माटो पनि कटान गर्दै नदी बगेको देखिएको उनले बताए । सो माटो लेदोको रुपमा बाढीमा आएको हुनसक्ने अनुमान छ । सो क्षेत्रमा विभिन्न भागमा गएको पहिरोले पहाडी क्षेत्र छिया-छिया भएको देखिएको छ ।

मेलम्चीमा लेदोसहितको बाढी बढ्दा तटीय क्षेत्रका त्रास छ । विहानसम्म थप १२ घर र रातो पुलसमेत बगाएको छ । तटीय क्षेत्रका बजारहरु जोखिममा छन् ।

अध्यक्ष शेर्पाले हेलम्बु सडक सम्पर्कबाट बिच्छेद भएको बताए । उनले विहान भएको सडक मार्ग सहज गर्न आग्रह गर्दै गृहमन्त्री बालकृष्ण खाँडसँग पनि भेटघाट गरेका छन् ।

तस्वीर र भिडियो : निमा ग्याल्जेन शेर्पा

प्रतिकृया दिनुहोस

साताको लोकपृय

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु, १० डिसेम्बरसम्म चल्ने

Mahila himsa

काठमाडौं । हिंसारहित समाज निर्माणको उद्देश्यसहित लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु...