फेरि मेलम्चीमा पस्यो बाढी, नदीहरुमा पानीको बहाव बढ्दो क्रममा

Melamchi duabn

काठमाडौं । केही समयअघि बाढीले क्षति पुर्‍याएको हेलम्बु क्षेत्रमा शनिबार राति भारी वर्षा भइरहेको छ । वर्षासँगै खोला तथा नदीहरूको बहाव पनि बढेको छ ।

बाढीपहिरो पीडितहरु विस्तारै सामान्य अवस्थामा फर्किंदै गर्दा गएराति फेरि बाढी आएपछि त्यहाँका स्थानीयहरु थप समस्यामा परेका छन् । यसअघिकै स्थानबाट अहिले पनि लेदो माटोसहितको बाढी बगेको स्थानीय बासिन्दाले बताएका छन् ।

मेलम्चीमा गएराति बाढी आउँदा केही घरमा क्षति पुर्याएको छ भने तालामाराङको प्रहरी चौकीसमेत विस्थापित भएको छ । लेदो माटोसहितको बाढीले केही घरमा क्षति पुगेको र केही घरमा पानी पसेको छ ।

तालामाराङ प्रहरी चौकीमा बाढीको पानी पसेपछि नजिकैको अर्को भवनमा सरेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी प्रकाश सापकोटाले बताए ।

यति बेला मेलम्ची खोला र इन्द्रावती नदीको बहाव बढ्दो क्रममा रहेको छ । सापकोटाका अनुसार बहाव एक्कासी बढेपछि साइरन बजाएर तटीय क्षेत्रका बासिन्दालाई सचेत गराइएको छ ।

हेलम्बु गाउँपालिका–१ हेमाथाङ्का चौरमा पहिरो गएर केहीबेर थुनिएपछि बाढी आएको अनुमान गरिएको डिएसपी सापकोटाले बताए । चनौटे बजारको बीच भागबाटै पानी बगेको छ ।

यसअघि असार १ गते आएको बाढीले पनि हेलम्बु र मेलम्ची लगायतका स्थानमा ठूलो क्षति पुर्याएको थियो । सो बाढीका कारण ५ जनाको मृत्यु भएको थियो भने १५ जना अझै बेपत्ता छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

बाल अधिकार रक्षकहरुको राष्ट्रिय भेला काठमाडौंमा सुरु

Bal vela

काठमाडौं । बाल अधिकार रक्षकहरुको तीनदिने राष्ट्रिय भेला काठमाडौंमा सुरु भएको छ । बाल विवाह रोकथाम...