एक सातासम्म अन्तर्राष्ट्रिय युवा दिवस मनाइने
काठमाडौं । यो वर्ष राष्ट्रिय युवा परिषद्ले ‘यस वर्षको अन्तर्राष्ट्रिय युवा दिवस’ साताव्यापी रुपमा मनाउने भएको छ । दिवस यही साउन २८ गते ९अगस्ट १२० तारिखका दिन मनाइँदै छ ।
‘खाद्य प्रणालीमा रुपान्तरण : मानव र भूमण्डलीय स्वास्थ्यका लागि युवा नवप्रवर्तन’ भन्ने मूल नाराका साथ दिवस मनाइन थालिएको हो । जिल्लास्तरमा युवासम्बन्धी गतिविधि गरेर दिवस मनाइने गरिन्छ ।
युवाका सवाललार्ई सम्बोधन गर्ने हेतुले संयुक्त राष्ट्रसङ्घले सन् १९९९ देखि हरेक वर्षको अगस्ट १२ लाई अन्तरराष्ट्रिय युवा दिवसका रूपमा मनाउने निर्णय गरेसँगै सन् २००० देखि नियमितरूपमा विश्वभर युवा दिवसका सन्दर्भमा विविध कार्यक्रम हुँदै आएका छन् ।
नेपालमा भने युवासँग काम गर्ने सङ्घसंस्थाको अगुवाइमा पहिलो पटक सन् २००४ देखि दिवस मनाउन थालिएको हो । सरकारी रुपमा परिषद्को अगुवाइमा २०७३ सालदेखि मनाउन थालेको हो ।
दिवसलाई सफल पार्न युवा तथा खेलकुदमन्त्रीको अध्यक्षतामा एक हजार एक सदस्यीय मूल समारोह समिति र परिषद्का उपाध्यक्ष माधवप्रसाद ढुङ्गेलको अध्यक्षतामा सचिवालय समारोह गठन गरिएको छ ।
परिषद्ले युवाको नेतृत्व विकासका लागि दिवसका अवसरमा विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ । परिषद्का उपाध्यक्ष ढुङ्गेलका अनुसार यही साउन १८ गतेदेखि युवाका नीतिसम्बन्धी अन्तक्रिया, वतृत्वकला, रक्तदान, वृक्षरोपण, लोकदोहरी प्रतियोगिता गरिने छ ।
प्रतिकृया दिनुहोस