एमाले एकता छिटो नभए पार्टीलाई थप क्षति हुने विघटित कार्यदलको निश्कर्ष

Umle karydal

काठमाडौँ । नेकपा एमालेको विघटित एकता कार्यदलका नेताहरुको बैठक सम्पन्न भएको छ ।

शनिबार सिंहदरबारमा बसेको कार्यदलको बैठकले पार्टी एकतालाई टुंग्याउनुपर्नेमा जोड दिएका छन् । एमालेको एकता प्रक्रिया लम्बिए पार्टीलाई थप क्षति हुने कार्यदलको निश्कर्ष रहेको छ ।

बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै नेता गोकर्ण विष्टले भने ‘पार्टी एकतालाई जोगाउनु पर्छ र छोटो अवधिमै यसलाई टुङ्ग्याएर जानुपर्छ, अब ढिला गर्नुको अर्थ पार्टीमा एकपछि अर्को क्षति पुग्छ ।

शनिबार सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा ओलीका तर्फबाट विष्णु पौडेल, सुवास नेम्वाङ, प्रदीप ज्ञवाली र नेपाल पक्षबाट भीम रावल, सुरेन्द्र पाण्डे र गोकर्ण विष्ट लगायतका नेता सहभागी थिए।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु, १० डिसेम्बरसम्म चल्ने

Mahila himsa

काठमाडौं । हिंसारहित समाज निर्माणको उद्देश्यसहित लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु...