सामाजिक सुरक्षा भत्ता बुझ्न आएका वृद्धको मृत्यु

Death body

काठमाडौँ । कैलालीको टीकापुर नगरपालिकामा सामाजिक सुरक्षा भत्ता बुझ्ने क्रममा आज एक वृद्धको मृत्यु भएको छ ।

वडा नं ८ का ७६ वर्षीय नरबहादुर साउँदको सामाजिक सुरक्षा भत्ता बुझ्न आएको समयमा मृत्यु भएको वडाध्यक्ष दीर्घ ठकुल्लाले बताए ।

सामाजिक सुरक्षा भत्ता बुझ्न वडा कार्यालय पुगेका साउँद एक्कासि बिरामी भएपछि उपचारका लागि वडा कार्यालयसँगै जोडिएको धनसिंहपुर स्वास्थ्य केन्द्र पुर्याउने क्रममा मृत्यु भएको वडाध्यक्ष ठकुल्लाले जानकारी दिए । वृद्धलाई सुगर, प्रेसर लगायतको समस्या रहेको बताइएको छ । 
 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु, १० डिसेम्बरसम्म चल्ने

Mahila himsa

काठमाडौं । हिंसारहित समाज निर्माणको उद्देश्यसहित लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु...