दिउँसो चर्काे घाम, राती भीषण वर्षा, यस्तो किन हुन्छ ?

Weather 3

काठमाडौं । केही दिनदेखि बिहान र दिउँसो गर्मी बढ्ने तथा राति ठूलो पानी पर्ने गरेको छ । जलवाष्पयुक्त हावाको कारण यस्तो हुने गरेको मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिए ।

उनका अनुसार दिउसो तातेको हावा बेलुकीपछि बिस्तारै चिसो हुँदै जाने र बाफ बन्ने गर्छ । त्यही बाफ पानीका रुपमा परिणत भएर वर्षा हुने गरेको उहाँले बताए ।

कहिलेकाहीँ रातिको समयमा पानी पार्ने कुनै प्रणाली भित्रने र बिहान बाहिरिने भएकाले बिहान र दिउँसो मौसम सफा हुने र राति एक्कासी पानी पर्ने गर्छ ।

यो स्वाभाविक प्रक्रिया भएको उनको भनाइ छ । तर अहिले नेपालमा बिहानीपख बाहिरिने र बेलुकातिर भित्रने प्रणाली नभए पनि भारतको बिहारमा बनेको न्यूनचापीय रेखाको प्रभावका कारण दिउँसो पनि देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना छ ।

आज दिउँसो विशेषगरी वाग्मती, गण्डकी, लुम्बिनी प्रदेश र प्रदेश-१ का विभिन्न ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु, १० डिसेम्बरसम्म चल्ने

Mahila himsa

काठमाडौं । हिंसारहित समाज निर्माणको उद्देश्यसहित लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु...