आज यी ५ वटा प्रदेशहरुमा भारी वर्षा हुने, सतकृता अपनाउन महाशाखाको आग्रह
काठमाडौं । नेपालमा मनसुनी वायुको प्रभाव कायम रहेको छ । आज देशभरको मौसममा सामान्यदेखि पूर्ण बदली रहेका कारण बिहानदेखि नै देशका अधिकांस स्थानमा वर्षा भइरहेको छ ।
मौसम पूर्वानुमान महाशाखाकाले बिहान ६ बजे जारी गरेको सूचनानुसार आज प्रदेश-२ र कर्णाली प्रदेश बाहेकका सबै प्रदेशमा भारी वर्षाको सम्भावना छ ।
हाल देशभर आंशिकदेखि सामान्य बदली रही देशभर हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
आज दिउँसो मुलुकका अधिकांश स्थानमा हल्का वर्षाको सम्भावना छ । प्रदेश १, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । राति गण्डकी र सदूरपश्चिम प्रदेका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन पनि जल तथा मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।
आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश २, बागमती प्रदेश र सुदुरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
त्यसैगरी राति देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
यस्तो छ तीन दिनको पूर्वानुमान
२०७८ श्रावण १६ गते
दिउँसो : देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
राति : देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कर्णाली, लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
२०७८ श्रावण १७ गते
दिउँसो: देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
राति : देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
२०७८ श्रावण १८ गते
दिउँसो: देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, वाग्मती र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
राति : देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
प्रतिकृया दिनुहोस