हेलमेट नलगाइँ हिँडेका पूर्वयुवराज पारस शाहले प्रहरीमाथि गरे हातपात
काठमाडौं । बेलाबेला विभिन्न हर्कतहरु गर्दै आएका पूर्वयुवराज पारस शाहले प्रहरीमाथि हातपात गरेका छन् । हेलमेट नलगाइँ हिँडेका उनलाई हेल्मेट लगाएर मात्र बाइकमा सवार गर्न प्रहरीले आग्रह गर्दा उल्टै हातपात गरेको पाइएको छ ।
पारसले प्रहरीले पक्राउ गरी काठमाडौंको महाराजगञ्ज चौकी लैजान खोज्दा पारसले एकहोरो जान्न, जान्न, जान्न भनेर प्रतिवाद गरेका छन् । उनले ‘तैले भन्दा जाने ?’ भनेर धम्क्याएको भिडियोमा देख्न सकिन्छ ।
महानगरीय प्रहरी वृत्त महाराजगञ्ज र ट्राफिक प्रहरीले हेलमेट बिना उनलाई अगाडी बढ्न नदिएपछि उनका सहयोगीले हेलमेट ल्याएका थिए ।
समर्थकहरूले नारावाजी गर्दै प्रहरीको साथबाट छुटाएर लगेको भिडियोमा देख्न सकिन्छ । प्रहरी र पारसबीचको लफडाको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि घटना बाहिरिएको हो ।
भिडियोमा हेल्मेट लगाउन अनुरोध गर्दा पूर्वयुवराज शाहले उल्टो प्रहरीलाई धम्क्याएका छन् । यसरी प्रहरीलाई सडकमै धम्क्याएको भिडियो सार्वजििनक भएपछि पारसको चर्काे आलोचना भइरहकेको छ ।
यसपछि के भयो ?
'छोड' पारसले भने । यसपछि प्रहरीले 'हिड्नु भन्या' भन्यो। तर पारसले जान मानेनन्। 'छोड छोड' मात्र भनिरहे । यसपछि पारसले पनि बलपूर्वक प्रहरीको हातबाट आफ्नो हात छुटाउन खोजे। प्रहरीले पनि बलपूर्वक उनको हात अठ्यायो। पारसको हात बटारियो ।
भिडियोमा पारसलाई नियन्त्रणमा लिएर गाडी मगाएर प्रहरी चौकी लैजाने प्रयास प्रहरीले गरेको देख्न सकिन्छ । तर पारसले भने पटकपटक 'जान्न-जान्न' भनेको थिए।
उनले आफू जहाँ छु त्यही बस्ने अड्डी कसेका थिए। भिडियोमा 'रक्सी खाएर आएर लफडा गरिराछ । तुरुन्त गाडी पठाउनू परो सर' भनेर नियन्त्रणमा लिएका प्रहरीले फोनमा भनेको समेत सुन्न सकिन्छ। यसपछि पारसले पटकपटक 'छोड-छोड' भनेका छन् । यसपछि वरिपरि जम्मा भएकामध्ये एक व्यक्तिले 'आम जनता भए तुरुन्त गाडीमा राखेर चौकी लगिने तर पारसलाई भने उन्मुक्ति दिन लागिएको' भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।
तर प्रहरीको गाडी आएन । हातमा समातेर नियन्त्रणमा लिएका प्रहरीले पनि छोडिदिए । पारस हेल्मेट नलगाई बाइकमा बसे । बाइक स्टार्ट गरेर गन्तव्यमा बढ्यो । वरिपरि जम्मा भएको भीडले यो दृश्य देखिरहेको थियो ।
प्रतिकृया दिनुहोस