महन्थ ठाकुरको दुवै रिट एकैठाउँमा राखेर सुनुवाई गर्न सर्वोच्चको आदेश
काठमाडौं । निर्वाचन आयोगले जसपाको आधिकारिता निरुपण गरेको विषयमा परेका महन्थले दिएको दुवै रिटको एकैपटक सुनुवाइ गर्न सर्वोच्चले आदेश दिएको छ ।
न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र डा. कुमार चुडालको संयुक्त इजलासले दुवै रिटको एकैपटक सुनुवाइ गर्ने गरी लगाउमा राख्न आदेश दिएको हो ।
८ साउनमा पार्टीभित्रको विवाद निरुपणका लागि निर्वाचन आयोगले थालेको ‘हेडकाउन्ट’ रोक्न माग गर्दै ठाकुरले पक्षले सर्वोच्चमा रिट हालेका थिए ।
न्यायाधीश कुमार रेग्मीको इजलासले निर्वाचन आयोगमा यसबारे खुल्ला बहस पैरवी गराई निर्णय भएकाले दुवै पक्षसँगको छलफलपछि मात्रै अन्तरिम आदेश दिने, नदिनेबारे निर्णयमा पुग्ने उचित हुने ठहर गरेको थियो । त्यसका लागि आज मिति तोकिएको थियो । आजको आधिकारिकतासम्बन्धी सबै रिटलाई एकै ठाउँमा राखेर सुनुवाइ गर्ने आदेश भएको हो ।
ठाकुर पक्षले दोस्रो रिट भने उपेन्द्र यादव पक्षलाई पार्टीको आधिकारिता दिने आयोगको फैसलाविरुद्ध छ । ११ साउनको निर्णय कार्यान्वयन नगर्नरनगराउन मागसहित हिजो दायर भएको दोस्रो रिटमा निर्णय कार्यान्वयन हुँदा आफूहरुलाई अपूरणीय क्षति हुने उल्लेख छ ।
प्रतिकृया दिनुहोस