काठमाडौँ उपत्यकामा संक्रमितको संख्या बढ्दोः थप ८१९ जनामा संक्रमण पुष्टि
काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ८१९ जना कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ५५६, भक्तपुरमा ७६ र ललितपुरमा १८७ जना संक्रमित थपिएका हुन्।
यस्तै पछिल्लो २४ घण्टामा देशभर थप ३ हजार ६११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २७ जनाले ज्यान गुमाएका छन्।
देशभर हालसम्म ३१ हजार १४ जना सक्रिय संक्रमित छन्। शुक्रबार १ हजार ८१६ संक्रमणमुक्त भएका छन्।
प्रतिकृया दिनुहोस