तीन पटक म्याद थप गर्दा काम सम्पन्न गर्न नसकेपछि गोरखा दरबार पुनर्निर्माणको ठेक्का सम्झौता रद्द

Gorkha darbar

गोरखा । तीन पटकसम्म म्याद थप गर्दा काम सम्पन्न गर्न नसकेपछि गोरखा दरबार पुनर्निर्माणको जिम्मा पाएको निर्माण कम्पनीसँग पुरातत्व विभागले ठेक्का सम्झौता रद्द गरेको छ ।

पटकपटक म्याद थप गर्दा पनि काम नसकेकाले निर्माण कम्पनीलाई कामको जिम्मेवारीबाट हटाइएको विभागकी पुरातत्व अधिकृत मञ्जु सिंह भण्डारीले बताइन् ।

असार २४ गतेबाट काम रोकिएको गोरखा दरबार हेरचाह अड्डाले जनाएको छ । केही दिनमा पुरातत्व विभागबाट प्राविधिक टोली आउने र बाँकी कामको कुल लागत स्टमेट गरेर नयाँ ठेक्का आह्वान गरिने अड्डा प्रमुख हरि भुसालले बताए । २०७२ सालको भूकम्पले क्षति पुगेको गोरखा दरबार पुनर्निर्माणका लागि २०७४ साल कात्तिक २९ गते पचली भैरव सिभाको जेभीसँग ठेक्का सम्झौता भएको थियो ।

थप गरिएको समयमा पनि ठेकेदारले काम सम्पन्न गर्न सकेन । पुनः दोस्रो पटक पुरातत्व विभागले मंसिर मसान्तसम्मका लागि म्याद थप गर्‍यो ।

तर दोस्रो पटक थप भएको म्यादमा पनि काम सम्पन्न नभएपछि निर्माण कम्पनी कारबाहीमा परेको थियो । कारबाही स्वरुप गत पुस १ गतेबाट लागू हुने गरी ठेक्का सम्झौता रकमको दैनिक ०.०५ प्रतिशतले जरिवाना तोक्दै २०७८ जेठ मसान्तसम्मका लागी तेस्रो पटक म्याद थप भएको थियो । पटकपटक म्याद थप गर्दा पनि काम नसकेपछि जेठ अन्तिम साताबाट ठेक्का सम्झौता तोडिएको भुसालले बताए ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु, १० डिसेम्बरसम्म चल्ने

Mahila himsa

काठमाडौं । हिंसारहित समाज निर्माणको उद्देश्यसहित लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु...