शेरचनले सम्हाले लुम्बिनी प्रदेश प्रमुखको जिम्मेवारी

Amik sherchan

बुटवल । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले शुक्रबारबाट कार्यभार सम्हालेका छन् । संघीय राजधानी काठमाडौंबाट आज बुटवल आएका नवनियुक्त प्रमुख शेरचनले कार्यभार सम्हालेका हुन् ।

सरकारले लुम्बिनी प्रदेश प्रमुखमा धर्मनाथ यादवलाई हटाएर शेरचनलाई प्रदेश प्रमुख नियुक्त गरेको थियो । बैशाख १२ गते राष्ट्रपतिले प्रदेश प्रमुखमा शेरचनलाई नियुक्त गरेकी थिइन् ।

लुम्बिनी प्रदेश प्रमुखको कार्यभार सम्हाल्दै शेरचनले गाउँ तथा विकट बस्तीमा बस्ने जनताको जीवनस्तर उठाउने काममा पहिलो प्राथमिकता दिन प्रदेश सरकारलाई आग्रह गरेका छन् । आज प्रदेश प्रमुखका कार्यालयमा पदभार ग्रहण गर्दै उनले विपन्न जनताको जीवनस्तर माथि उठेमा मात्र आर्थिक समृद्धि हासिल गर्न सकिने बताए ।

शेरचनले संविधानभन्दा माथि कोही नभएको बताउँदै आफूले संविधानले निर्दिष्ट गरे अनुसारको निर्णय गर्ने बताए । उनले विवाद सुल्झाएर कालिगण्डकी तिनाउ डाइभर्सनको कामलाई समेत अघि बढाउनुपर्नेमा जोड दिए ।

प्रदेश सरकार, राजनीतिक दल, संघसंस्था र नागरिक समाजसँग छलफल गरेर उनीहरुले दिएका सुझावका आधारमा आफू अघि बढ्ने समेत शेरचनले स्पष्ट पारे ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु, १० डिसेम्बरसम्म चल्ने

Mahila himsa

काठमाडौं । हिंसारहित समाज निर्माणको उद्देश्यसहित लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु...