गुम्बी समाजले दियो गजुरीको गैरीगाउँमा औषधी

Gumbi samah help

धादिङ । कोरोना संक्रमणबाट बच्न धादिङमा रहेका संक्रमितहरुलाई गुम्बी एकता समाजले औषधी वितरण गरेको छ ।

समाजले धादिङको गजुरी गाउँपालिका वडा नं. ४ गैरीगाउँमा कोरोना महामारीमा परेका गाउँलेलाई औषधि वितरण गरेको हो ।

मनहरी ७ मकवानपुरमा केन्द्रिय कार्यालय रहेको गुम्बी एकता समाजले गैरीगाउँमा रहेका २५ घर परिवारलाई ग्याष्टिक, सिटामोल र इम्युनिटी पावर बढाउने औषधी वितरण गरिएको समाजका अध्यक्ष रामबहादुर गुम्बीले बताए ।

समाजका सहसचिव दिलमाया गुम्बी र केन्द्रिय सदस्य प्रदीप गुम्बी तामाङको आर्थिक सहयोगमा समाजका महासचिव यमबहादुर गुम्बीले औषधी वितरण गरे ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु, १० डिसेम्बरसम्म चल्ने

Mahila himsa

काठमाडौं । हिंसारहित समाज निर्माणको उद्देश्यसहित लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु...