गठबन्धनको बैठक जारी, मन्त्रिपरिषदलाई पूर्णता दिने प्रयास
काठमाडौं । सत्तारुढ गठबनधनको बैठक सुरु भएको छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको हो । मन्त्रिपरिषद विस्तारका विषयमा छलफल गर्न सत्तारुढ गठबन्धनको बैठक सुरु भएको छ ।
गठबन्धनका नेताबीच सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंग्याउन नसक्दा मन्त्रिपरिषद विस्तार हुन सकेको छैन । सरकारलाई पूर्णता दिन प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लागि परेका छन् ।
बैठकमा चार दल र नेकपा एमालेको माधव नेपाल समूहका नेताहरु उपस्थित भएका छन । सत्तारुढ गठबनन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा), एमालेको माधव नेपाल समूह र राष्ट्रिय जनमोर्चा रहेका छन् ।
आजको बैठकमा मन्त्रिपरिषद विस्तारका विषयमा छलफल हुने बताइएको छ । जसपाले आधिकारिकताको टुंगो लागेपछि सरकारमा जाने बताएकाले आज गठबन्धनको बैठक बोलाइएको हो ।
जनमोर्चाले सरकारमा नजाने बताइसकेकाले गठबन्धनका अन्य दलहरुबीच मन्त्रालयको भागबण्डा मिलाउने र आ–आफ्नो दलबाट मन्त्री छानेर तत्काल मन्त्रिपरिषदलाई पूर्णता दिने तयारी भइरहेको छ ।
प्रतिकृया दिनुहोस