लुम्बिनी शेरचन र गण्डकीमा गुरुङलाई प्रदेश प्रमुख बनाउने सरकारको निर्णय

Amik sherchan 12

काठमाडौं । सरकारले लुम्बिनी प्रदेशको प्रदेश प्रमुखमा अमिक शेरचन र गण्डकी प्रदेशमा पृथ्वीमान गुरुङलाई नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।

मंगलबार बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले दुई वटा प्रदेशका प्रदेश प्रमुखहरुलाई हटाएर नयाँ नियुक्त गरेको हो ।

नेकपा माओवादी केन्द्रले ओली सरकारले हटाएका प्रदेश प्रमुखहरूलाई नै पुनर्नियुक्ति गर्न सरकारलाई सुझाव दिने निर्णय गरेको थियो । सो बैठकले आफ्ना भागमा परेका दुईवटा प्रदेश प्रमुखमध्ये गण्डकीमा अमिक शेरचन र प्रदेश २ मा तिलक परियारलाई नै सिफारिस गर्ने निर्णय गरेको थियो ।

प्रदेश प्रमुखहरूको भागबण्डामा सातमध्ये माओवादी केन्द्रलाई दुईवटा परेको थियो । शेरचन र परियार दुवै जनालाई केपी ओली सरकारले हटाएर गण्डकीमा सीता पौडेल र प्रदेश २ मा राजेश अहिराजलाई नियुक्त गरेको थियो । तर आजको बैठकले माओवादीले पेश गरेका मध्ये शेरचनलाई मात्रै प्रदेश प्रमुखमा नियुक्त गर्ने सिफारीस गरेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु, १० डिसेम्बरसम्म चल्ने

Mahila himsa

काठमाडौं । हिंसारहित समाज निर्माणको उद्देश्यसहित लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु...