नेपाल समुह सरकारमा सहभागी बन्ने, कम्तमिा ६ वटा मन्त्रालय पाउन सक्ने

Madhav kumar nepal

काठमाडौं । विभाजनउन्मुख रहेको नेकपा एमालेको बरिष्ठ नेता माधव नेपाल पक्ष सरकारमा सहभागी हुने भएको छ ।

सरकारमा सहभागी बन्दा नेपाल समूहलाई कम्तीमा ६ मन्त्रालय, एक वा दुई प्रदेश प्रमुख र राष्ट्रिय योजना आयोग लगायतका निकायमा पनि भाग दिइने तयारी गरिएको छ ।

नेपाल समुहमा सरकारमा सहभागी बनेपछि चार वटासम्म राजदूत पनि पाउने भएको छ ।

एक स्थायी कमिटी सदस्यका अनुसार आफूसँग भेटमा वरिष्ठ नेता नेपालले एमाले एकताको प्रयास पनि चलिरहने भन्दै आफूले सरकारमा सहभागी हुने मन्त्रीको नाम दिने बताएको प्रचण्डले बैठकमा जानकारी गराएका थिए ।

माओवादी अध्यक्ष प्रचण्डले स्थायी कमिटी बैठकमा सो जानकारी दिएका हुन् । उनले बिहान मात्र नेपालसँग भेटेर छलफल गरेका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु, १० डिसेम्बरसम्म चल्ने

Mahila himsa

काठमाडौं । हिंसारहित समाज निर्माणको उद्देश्यसहित लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु...