प्रचण्डलाई पार्टीभित्रबाट मन्त्री छान्न हैरानी र तनाव

Puspakamal dahal prachanda

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीभित्रबाट मन्त्री छान्न हैरानी र तनाव भएको बताएका छन् ।

शनिबार माओवादी मुख्यालय पेरिसडाँडामा आयोजित नरबहादुर कर्माचार्यको ८ औं स्मृति सभामा बोल्दै प्रचण्डले सरकार विस्तारलाई लिएर आफू चिन्ता र तनावमा रहेको बताएका हुन् ।

त्यस्तै प्रचण्डले गठबन्धनका विरोधीहरुले यो गठबन्धन फुटाउन तिर लागेको टिप्पणी गरे । एमसीसीमा भिडाएर गठबन्धनबीच झगडा गराउने प्रयास भइरहेको उनको भनाइ छ । संविधान बचाएर ठूलै लडाइँ जितिएको भन्दै प्रचण्डले अझै चुनौति बाँकी रहेको बताए ।

ओली प्रवृत्ति विरुद्ध जनताको जित भएको उनको टिप्पणी थियो । ‘जे गरे पनि उनैले जित्छन् भन्ने थियो । तर केपी ओली नराम्रोसँग इतिहासमा पछारिएका छन् । अब यो बर्बराहाट पनि धेरै दिन टिक्छ जस्तो लागेको छैन । किन भने उनकै पार्टीभित्र उनलाई चिन्ने क्रम शुरू भइसकेको छ ।’

पार्टीभित्रका ४९ जना सांसद सबैलाई मन्त्री चाँहिएको भन्दै उनले पद र अवसर नपाए नेतृत्वलाई गाली गर्ने प्रवृत्ति बढेको गुनासो गरे । कुरा आदर्शको गर्ने तर पदका लागि जे पनि गर्ने प्रवृतिलाई अब अन्त्य गर्नुपर्ने उनले बताए । ‘अहिले मन्त्री बन्ने आकांक्षीहरूको हुल आइरहेको छ, आतंक छ मेरो दिमागमा, कसलाई मन्त्री बनाउन कसलाई नबनाउने ?’

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु, १० डिसेम्बरसम्म चल्ने

Mahila himsa

काठमाडौं । हिंसारहित समाज निर्माणको उद्देश्यसहित लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु...