खोटाङमा भूकम्पको धक्का महसुस
काठाण्डौं । खोटाङ जिल्लामा भूकम्पको धक्का महसुस भएको छ । शुक्रबार साँझ ६ बजे र ५७ मिनेटमा भूकम्पको धक्का महसुस भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार साँझ ६ बजेर ५७ मिनेट जाँदा ४.२ म्याग्निच्युटको भूकम्प मापन भएको छ ।
यसअघि बिहान भक्तपुरको सल्लाघारी नजिक केन्द्रविन्दु भएर काठमाडौं उपत्यकामा ३.५ म्याग्निच्युटको भूकम्पको धक्का महसुस भएको थियो ।
प्रतिकृया दिनुहोस