दाङका ७५ गन्धर्व परिवारलाई खाद्यन्न वितरण
दाङ । कोरोना भाइरस संक्रमण र निषेधाज्ञाका कारण भोकमरीको चपेटामा परेका दाङका ७५ गन्धर्व परिवारलाई राहत स्वरुप खाद्यन्न सामाग्री वितरण गरिएको छ ।
दाङ जिल्लाका विभिन्न स्थानहरुमा कम्तीमा ३५० घरपरिवार गन्धर्व समुदायको बसोबास रहेको छ । लोपउन्मुख बाजा सारङगी बजाउदै पुर्खौली पेशा गर्ने सो समुदाय कोरोना भाइरस संक्रमणका कारण थप मर्कामा परेका छन् ।
केदार फुड क्याम्प, सारङगी सोसियल इन्टरप्राइजेज र सारंगी भिलेस कीर्तिपुरको सहयोगमा दाङका ७५ परिवारले खाद्यन्न सामाग्री वितरण भएको हो ।
पुर्खौली पेशा लोप हुने अवस्था रहेको समयमा कोरोना भाइरस सक्रमणको जोखिमले गन्धर्व बस्तीमा भोकमरीको सम्भावना बढ्न थालेपछि दाङको गन्धर्व बस्तीहरुमा खाद्यन्न अभाव सुरु भएको थियो ।
केदार फुड क्याम्पका संयोजक केदार गान्धारीले देशका विभिन्न जिल्लामा रहेका गन्धर्व समुदायमा राहत पुर्याएको बताए । विभिन्न संस्थाको संहयोगमा दाङको घोराही उप-महानगरपालिका—११ का दुई बस्ती, तुलसिपुर उपमहानगरपालिका ५ र ६ मा ७५ परिवारलाई खाद्यन्न उपलव्ध गराएको सारंगी भिलेसका अध्यक्ष दिपक नेपालीले बताए ।
घोराही उपमहानगपालिका—११ का वडा अध्यक्ष कुलबहादुर लामिछानेले भोकमरीको चपेटामा रहेको गन्धर्व बस्तीमा उपलव्ध राहतले ठुलो सहयोग मिलेको बताए ।
कोरोना भाइरस संक्रमणको पहिलो लहरका समयमा पनि सोहि संस्थाको पहलमा करिब ९२ घर परिवारलाई राहत उपलव्ध गराएको र अहिले पनि उपलव्ध सहयोगले राहत वितरण गरिएको उनले बताए ।
प्रतिकृया दिनुहोस