कञ्चनजंघा संरक्षण क्षेत्रभित्रका चौंरी र याकको बीमा
ताप्लेजुङ । ताप्लेजुङको कञ्चनजंघा संरक्षण क्षेत्रभित्र रहेका चौँंरी र याकको बीमा गरिएको छ ।
वन्यजन्तुको आक्रमणबाट ठूलो क्षति हुने भएपछि चौंरी र याकको बीमा गरिएको हो । कञ्चनजङ्घा संरक्षण क्षेत्रमा वन्यजन्तुले चाँैरी याक मारेर खाइदिने भएपछि पशुधन बीमा कार्यक्रममार्फत संरक्षण क्षेत्रका चौंरी याकको बीमा गरिएको बताइएको छ ।
गत आर्थिक वर्षमा ८७५ वटा चौंरीयाकको बीमा गरिएको कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का कार्यक्रम सहायक जितेन लिम्बूले बताए । विश्व वन्यजन्तु कोष र कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को सहकार्यमा चौंरीयाकको बीमा गरिएको उनले बताए ।
संरक्षण क्षेत्रमा वन्यजन्तुले घर पालुवा पशुहरु सिकार गरेर मार्ने भएकाले पशु पालकलाई राहत उपलब्ध गराउने उद्देश्यले बीमा कार्यक्रम सञ्चालन गरिएको कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का कार्यक्रम सहायक सचिन हेल्लोकले बताए ।
प्रतिकृया दिनुहोस