विपद्का घटनामा परी दाङमा ४७ जनाको ज्यान मृत्यु
दाङ । गत आर्थिक वर्षमा विभिन्न विपद्का घटनामा परी दाङमा ४७ जनाको ज्यान मृत्यु भएको जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र दाङले जानकारी दिएको छ ।
केन्द्रका प्रमुख विश्वराज अर्यालले दिनुभएको जानकारीअनुसार ज्यान गुमाउनेमा १५ महिला र ३२ जना पुरुष रहेका छन् । उनका अनुसार एक वर्षको अवधिमा ३३३ वटा घटना घटेका छन् जसमा सबैभन्दा भारी वर्षाका १५१, आगलागीका घटना १०८, करेन्ट लागेको १३, पानीमा डुबेर ९पोखरी, कुवा, खाडल० २५, सर्पदंशका २६ वटा घटना घटेका छन् ।
यसैगरी बाढी ९खहरे खोला० चार वटा, खोलाले बगाएर छ र चार वटा चट्याङका घटना घटेका छन् ।
दिनभर खेतमा काम गरेर बेलुका घर फर्कने क्रममा गत असार ९ गते लमही नगरपालिका– ३ फल्कापुर निवासी ३५ वर्षीय मणिराम चौधरीलाई खहरे खोलाले बगाउँदा उनको ज्यान गयो ।
दिनभर लगातार परेको पानीले फल्कारपुरदेखि माथिको खहरे खोलामा बाढी आयो । सो खोला तर्ने क्रममा उनलाई खोलाले बगायो, गाउँलेले उद्धार गरी अचेत अवस्थामा लमही अस्पतालमा पु¥याएलगत्तै चिकित्सकले मृत घोषणा गरेको जानकारी दाङ प्रहरीले गराएको थियो ।
प्रतिकृया दिनुहोस