एमालेद्धारा माधवकुमार नेपालको पुत्ला दहन, राजावादीले गरे देउवाको विरोधमा प्रदर्शन
काठमाडौं । नेकपा एमालको युवा संगठन युवा संघ नेपालका कार्यकर्ताले वरिष्ठ नेता माधवकुमार नेपालविरुद्ध नाराबाजी र प्रदर्शन गरेका छन् ।
आज युवा संघको काठमाडौं क्षेत्र नम्बर २ का कार्यकर्ताले माधव नेपालविरुद्ध नाराबाजी र प्रदर्शन गरेको हो ।
आइतबार प्रधानमन्त्री शेरबहादुर देउवालाई माधव नेपालसहितका नेताहरुले विश्वासको मत दिएका थिए । सोही घटनालाई लिएर नेता नेपालविरुद्ध नाराबाजी भएको हो ।
युवा संघका कार्यकर्ताले सांकेतिक रुपमा नेता नेपालको दाहसंस्कार पनि गरेका छन् ।
यता, प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत दिएको भोलिपल्ट राजावादीहरुले काठमाडौंकोे दरबारमार्गमा विरोध जुलुस निकालेका छन् । नेपालको राजनीति समिकरणमा फेरबदल भएसँगै राजा र राजसँस्थाको पक्षमा आन्दोलनका कार्यक्रम सुरु भएको छ ।
नारायणहिटी दरबार अगाडिको सडक दरबारमार्गमा राष्ट्रिय शक्ति नेपालले आज जुलुस निकालेको छ । उनीहरुले दरबारमार्गबाट जुलुस सुरु गरेर बसन्तपुर दरबार क्षेत्रमा कोण सभामा परिणत गरेका छन् । जुलुसमा राष्ट्रिय शक्ति नेपालले विभिन्न नाराहरु लगाएका छन् ।
प्रतिकृया दिनुहोस