धनकुटाको साँगुरीगढीमा डिफेन्स फोर्स गठन
धनकुटा । धनकुटा जिल्लाको सागुरीगढीको भेडेटारमा सम्पन्न तरुण भेलाले दिपेन लिम्बुको संयोजकत्वकमा १ सय ५१ सदस्यीय तरुण डिफेन्स फोर्स गठन गरेको छ ।
लोकतन्त्र विरोधी र भष्टाचारविरुद्ध खवरदारी गर्नका लागी तरुण डिफेन्स फोर्स गठन गरिएको नेपाली कांगे्रस धनकुटाका सचिव विजय सन्तोषी राईले बताए ।
नेपाल तरुण दल सागुरीगढीका अध्यक्ष राज लिम्बुको अध्यक्षतामा हिजो सम्पन्न भएको तरुण भेला तथा तरुण डिफेन्स फोर्स गठन कार्यक्रममा तरुण दल धनकुटाका अध्यक्ष दिनेश राई, नेपाली कांग्रेस धनकुटाका जिल्ला सदस्यहरु नेपाल धन राई, पृती वान्तवा, क्षेत्रीय सभापती जितेन्द्र राई, नेपाल तरुण दल धनकुटाका जिल्ला उपाध्यक्ष यूवराज पुराजुली, क्षेत्रिय सचिव प्रकाश राई लगायतले तरुण डिफेन्स फोर्सले लोकतन्त्रवादीहरुको रक्षाका निम्ति क्रियाशिल हुने बताए ।
नेपाल तरुण दल सागुरीगढी धनकुटाका उपाध्यक्ष सन्तोष राईले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रमको संचालन नेपाल तरुण दल साँगुरीगढीका सचिव राजकुमार राईले गरेका थिए ।
यसअघि धनकुटाको पाख्रिबास र धनकुटा नगरपालिका वडा नं. बेलहरामा पनि तरुण फोर्स गठन भएको थियो ।
प्रतिकृया दिनुहोस