भारतीय प्रधानमन्त्रीले ट्वीटमार्फत प्रधानमन्त्री देउवालाई दिए बधाई
काठमाडौं । प्रधानमन्त्री नियुक्त हुँदा शुभकामना नदिएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोलीले शेरबहादुर देउवाले संसदबाट विश्वासको मत पाएपछि भने बधाई दिएका छन् ।
प्रतिनिधिसभाबाट विश्वासको मत पाउनेवित्तिकै मोदीले ट्वीटरमार्फत देउवालाई बधाई दिएका हुन् । उनले प्रधानमन्त्री देउवालाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् । देउवाको कार्यकालमा द्विपक्षीय सम्बन्ध अझ गहिरो हुने पनि मोदीले बताएका छन् ।
सन्देशमा मोदीले देउवालाई सफल कार्यकालको बधाइ दिएका छन् । साथै सबै क्षेत्रमा सहकार्यका साथै जनता–जनताबीचको सम्बन्धलाई अझै प्रगाढ बनाउने आशा व्यक्त गरेका छन् ।
प्रतिकृया दिनुहोस