राजपाको महन्त ठाकुर समुहले पनि देउवालाई विश्वासको मत दिने
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको महन्थ ठाकुर पक्षले पनि प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने भएको छ ।
ठाकुर पक्षले पनि विश्वासको मत दिने निर्णय भएको सांसद उमाशंकर अरगरियाले बताए ।
बालकुमारीस्थित पार्टी कार्यालयमा जसपा यादव-भट्टराई पक्षको संसदीय दलको बैठकमा प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने निर्णय गरिसकेको छ ।
योसँगै प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासकोमत पुग्ने देखिएको छ ।
प्रतिकृया दिनुहोस