पुनर्स्थापित प्रतिनिधिसभाको पहिलो बैठक सुरु
काठमाडौं । संवैधानिक इजलासको परमादेश बमोजिम पुनर्स्थापित प्रतिनिधिसभाको पहिलो बैठक सुरु भएको छ ।
संवैधानिक इजलासले असार २८ गते प्रतिनिधिसभा पुनर्स्थापना हुने फैसला गर्दै सात दिनभित्र प्रतिनिधिसभाको अधिवेशन बोलाउन आदेश दिएको थियो ।
सोही बमोजिम मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशन आह्वान गरेकी हुन् । सभामुख अग्निप्रसाद सापकोटाले बैठकको सुरुमै राष्ट्रपति कार्यालयबाट आएको अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाए ।
सभामुख सापकोटाले प्रतिनिधिसभा पुनर्स्थापना भएकोमा सबै सांसदलाई बधाई दिएका छन् । संवैधानिक इजलासले प्रतिनिधिसभा पुनःस्थापनासँगै एक साताभित्र प्रतिनिधिसभाको बैठक राख्न दिएको आदेश अनुसार आइतबार बसेको बैठकमा सभामुख सापकोटाले सबै सांसदलाई बधाई दिएका हुन् ।
प्रतिकृया दिनुहोस