पहिरोले ट्याक्टर र जेसिबी पुरिँदा एकको मृत्यु

Jcb 96 96

पाल्पा । पाल्पामा पहिरोले ट्याक्टर र जेसिबी पुरिँदा एकको मृत्यु भएको छ ।

तिनाउ गाउँपालिका –६ डुँम्रे स्थित भित्री कच्ची सडकमा डुँम्रेबाट होलीघाटतर्फ ढुङ्गा लोड गरी जाँदै गरेको लु ४ त ६६२९ नम्वरको ट्याक्टर पहिरोले पुरिँदा ट्याक्टर सहयोगी बर्दिया अस्मेरी गाउँपालिका –३ का २७ वर्षीय महेन्द (मुमलाल) पुनको मृत्यु भएको हो ।

पुनको उपचारका क्रममा तानसेस्थित लुम्बिनी मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनी डुँम्रेमा अस्थायी रुपमा बसोबास गर्दै आएका थिए । 

ट्याक्टर हिलोमा फस्न जाँदा लु १ क २४९६ र लु १ क २४९७ नम्वरको जेसिबीले ट्याक्टर निकाल्ने क्रममा अचानक माथिबाट खसेको पहिरोले ट्याक्टर र जेसिबी पुरिएको थियो ।

लु १ क २४९६ नम्वरको जेसिबी चालक रैनादेवी छहरा गाउँपालिका–१ का २० वर्षीय सरोज बुढा घाइते भएका छन् ।

घाइतेको लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको जनाइएको छ ।
 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु, १० डिसेम्बरसम्म चल्ने

Mahila himsa

काठमाडौं । हिंसारहित समाज निर्माणको उद्देश्यसहित लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु...