नेपाल भारत मैत्री संघमा तीन जना मनोनित

3 jana manonit

काठमाडौं । नेपाल भारत मैत्री संघले तीन जनालाई विभिन्न पदहरुमा मनोनयन गरेको छ ।

संघका केन्द्रीय अध्यक्ष ओमप्रकाश सरावगीको उपस्थितिमा समाजसेवी चक्रमान श्रेष्ठलाई संरक्षक, केशवप्रसाद अधिकारीलाई प्रमुख सल्लाहकार र राजकुमार अग्रवाल कोषाध्यक्षको जिम्मेवारी दिइएको छ । सो कार्यक्रममा वरिष्ठ उपाध्यक्ष शैलेन्द्रमोहन झा, महासचिव बोधकृष्ण सुवेदी लगायतका व्यक्तित्वहरुको उपथिति रहेको थियो ।

संघका उपाध्यक्ष ईश्वर श्रेष्ठका अनुसार नेपाल भारत सम्बन्धलाई सुमधुर बनाउँदै जनस्तरबाट हुने गतिविधिमा सक्रियता बढाउन २०११ सालमा राष्ट्रकवि माधवप्रसाद घिमिरेको अध्यक्षतामा स्थापना भएको नेपाल भारत मैत्री संघले आफ्नो सक्रियता देखाउँदै आएको छ ।

संघले स्थापना कालदेखि नै प्राकृतिक विपत्तिका बेला राहतका कार्यक्रमदेखि विभिन्न खालका बहस चलाउँदै आएको छ । साथै मैत्री संघले हालै प्राकृतिक विपत्तिको मारमा परेका नागरिकलाई राहतका कार्यक्रम पनि वितरण गरेको छ ।

मैत्री संघको सक्रियतामा विभिन्न जिल्लाहरुमा एम्बुलेन्स, स्कुल बस र छात्रबृति वितरण गर्दै आएको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु, १० डिसेम्बरसम्म चल्ने

Mahila himsa

काठमाडौं । हिंसारहित समाज निर्माणको उद्देश्यसहित लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु...