साउन १५ देखि सर्वोच्चका सबै सेवा सुरु

Supreme court

काठमाडौँ । साउन १५ गतेदेखि सर्वोच्च अदालतले सबै सेवा सुचारु गर्ने भएको छ। कोरोना संक्रमणको जोखिमका कारण स्थगित गरिएका नियमित सुनुवाइ सुरु हुने सर्वोच्च अदालतको पूर्ण बैठकले निर्णय गरेको हो। 

यस बीचमा सेवा स्थगित हुँदा हदम्याद, म्याद, तारेख थाम्ने थमाउने सम्बन्धमा यस बीचको हदम्याद नलाग्ने भएको छ। इजलास आलोपालो बस्दै आएकोमा त्यसपछि सबै इजलास बस्नेछन्। 

महान्यायाधिवक्ताको कार्यालयले पनि आइतबारदेखि सबै कर्मचारीलाई बोलाएको छ। यसअघि कर्मचारीलाई आलोपालो बोलाइँदै आएको थियो।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु, १० डिसेम्बरसम्म चल्ने

Mahila himsa

काठमाडौं । हिंसारहित समाज निर्माणको उद्देश्यसहित लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु...