सर्वोच्चको फैसला विरुद्ध देशव्यापी भण्डाफोर अभियान चलाउने एमाले संसदीय दलको चेतावनी

Uml samsadiya dal  ktm

काठमाडौँ । नेकपा एमालेले सर्वोच्च अदालतले गत असार २८ गते कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने गरी दिएको परमादेशविरुद्ध देशव्यापी भण्डाफोर अभियान चलाउने भएको छ।

नयाँबानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा शुक्रबार अपरान्ह बसेको संसदीय दलको बैठकले यस्तो निर्णय लिएको हो। बैठकपछि पत्रकारहरुसँग बोल्दै एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले सर्वोच्चको फैसलाविरुद्ध भण्डाफोर अभियान चलाउने निर्णय भएको जानकारी दिएका छन्।  

एमाले दलको बैठकले सर्वोच्चले दुनियाँमै कहीँ नभएको अभ्यास गरेर प्रधानमन्त्री तोक्ने काम गरेको भन्दै आपत्ति प्रकट गरेको छ। एमालेले सर्वोच्च अदालतले दलीय व्यवस्थामाथि प्रहार गरेको पनि ठहर गरेको छ। ‘सर्वोच्च अदालतले दलीय व्यवस्थामाथि नै प्रहार गरेको छ,’ उनले भने, ‘सर्वोच्चको फैसलाविरुद्ध हामी भण्डाफोर अभियानमा जान्छौँ।’

प्रतिकृया दिनुहोस

साताको लोकपृय

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु, १० डिसेम्बरसम्म चल्ने

Mahila himsa

काठमाडौं । हिंसारहित समाज निर्माणको उद्देश्यसहित लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु...