काठमाडौँ उपत्यकामा थप ५४१ जनामा संक्रमण पुष्टि
काठमाडौँ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँ उपत्यकामा थप ५४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
काठमाडौँमा ३४३, भक्तपुरमा ६२ र ललितपुरमा १३६ जना संक्रमित थपिएका हुन्। नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ९ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ४३ जना संक्रमितको मृत्यु भएको छ।
देशभर हालसम्म २६ हजार ८२७ जना सक्रिय संक्रमित छन् भने शुक्रबार १ हजार ७ सय ७५ संक्रमणमुक्त भएका छन्।
गत २४ घण्टामा ९ हजार ६ सय १३ जनाको पीसीआर तथा ४ हजार ५ सय ६९ जनाको एन्टिजेन परीक्षण भएको छ।
प्रतिकृया दिनुहोस