महान्यायाधिवक्ता खातीलाई शपथ गराउन राष्ट्रपतिद्वारा अस्वीकार
काठमाडौँ । महान्यायाधिवक्ता खम्मबहादुर खातीलाई शपथ गराउन राष्ट्रपति विद्यादेवी भण्डारीले अस्वीकार गरेकी छन् ।
भण्डारीले आफ्नो उपस्थितिमा राष्ट्रपति कार्यालयमा महान्यायाधिवक्तालाई शपथ गराउन अस्वीकार गरेपछि सर्वोच्च अदालतमा नै शपथ हुने भएको छ । खाती हिजो बिहीबार महान्यायाधिवक्तामा नियुक्त भएका थिए ।
महान्यायाधिवक्तालाई राष्ट्रपतिको उपस्थितिमा प्रधानन्यायाधीशले पद तथा गोपनियताको शपथ गराउने प्रावधान रहेपनि राष्ट्रपतिले यसलाई अस्वीकार गरेकी हुन् ।
प्रतिकृया दिनुहोस