माधव समूहको प्रस्ताव ओली समूहद्धार अस्विकार, छलफलमा जुट्दै माधव पक्ष
काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल पक्षका नेताहरुले गरेको प्रस्ताव अध्यक्ष केपी शर्मा ओलीले ठाडै अस्वीकार गरेपछि माधव नेपालनिकट नेताहरू छलफलमा जुटेका छन् ।
नेपाल पक्षका कार्यदल सदस्यहरू भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र भीम आचार्यले बैठकमा नै गएर बैठक रोक्नेलगायत अन्य ५ बुँदे माग राखेका थिए ।
एमालेको ओली पक्षको स्थायी कमिटीको बैठकले कार्यदल भंग गरेको छ भने कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारलाई असहयोग गर्न निर्देशन दिएको छ ।
प्रतिकृया दिनुहोस