आज यी प्रदेशहरुमा भीषण वर्षा हुने, सतर्कता अपनाउन आग्रह

Weather news

काठमाडौं । आज पश्चिमी क्षेत्रका केही ठाउँमा ठूलो पानी पर्ने मौसमविद्ले बताएका छन् । लुम्बिनी, गण्डकी र सुदूरपश्चिमका केही ठाउँमा ठूलो पानी पर्ने मौसमविद् प्रतिभा मानन्धरले बताइन् ।

उहाँका अनुसार सुदूरपश्चिमका केही ठाउँमा अहिले हल्कादेखि मध्यमखालको पानी परिरहेको छ । दिउँसो पछि भने ठूलो पानी पर्ने सम्भावना छ । मनसुनी वायु पश्चिमी क्षेत्रतर्फ सरिरहेकाले त्यहाँ लगातारजसो ठूलो पानी पर्ने मौसमविद् मानन्धरले जानकारी दिइन् ।

अबको तीन दिन नै लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो वर्षाको सम्भावना छ । यस्तै भोलि लुम्बिनी, गण्डकी र सुदूरपश्चिमसहित प्रदेश(१ मा र पर्सि कर्णाली प्रदेशमा पनि ठूलो पानी पर्ने मौसमविद्ले बताएका छन् ।

वाग्मती प्रदेश र प्रदेश नम्बर २ मा भने आज र भोलि हल्कादेखि मध्यम खालको वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । यस्तै मौसमविद्ले बाढी पहिरोको जोखिम धेरै रहेकाले सतर्कता अपनाउन पनि आग्रह गरेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु, १० डिसेम्बरसम्म चल्ने

Mahila himsa

काठमाडौं । हिंसारहित समाज निर्माणको उद्देश्यसहित लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु...