नेपाल–खनाल निकट अनेरास्ववियुले गठन गर्‍यो ‘अखिल फोर्स’

Akhil force

काठमाडौँ । नेकपा एमाले नेपाल–खनाल समूह निकट विद्यार्थी संगठन अनेरास्ववियुले ‘अखिल फोर्स’ गठन गरेको छ।

बिहीबार प्रदर्शनी मार्गस्थित आरआर क्याम्पसमा आयोजित कार्यक्रममा तपेन्द्र शाहीको संयोजकत्वमा अखिल फोर्स गठन गरिएको हो। अनेरास्ववियुको काठमाडौँ उपत्यका स्तरीय कार्यकर्ता भेलाबाट अखिल फोर्स गठन गरिएको हो।

केही दिनअघि मात्रै एमाले ओली समूह निकट युवा संघले युथ फोर्स ब्यूँताएको थियो। त्यसलगत्तै नेपाल–खनाल समूहले पनि ‘अखिल फोर्स’ गठन गरेको हो।

कार्यक्रममा बोल्दै नेपाल–खनाल निकट अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले केपी ओलीले माधव नेपालप्रति लान्छना लगाएको भन्दै आक्रोश पोखे। बालुवाटारबाट बालिकोट फर्किएका ओलीले बुधबार माधव नेपाल गद्दार भएको र एमालेभित्र उनलाई ठाउँ नभएको बताएका थिए।

ओलीले संविधान कुल्चिने कोशिस गरेको पराजुलीले बताए। ओलीका सबै असंवैधानिक क्रियाकलापहरुलाई अदालतले पराजित गरेको उनको भनाइ छ। सर्वोच्च अदालतको फैसलाले लोकतन्त्रको जित भएको उनले बताए।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु, १० डिसेम्बरसम्म चल्ने

Mahila himsa

काठमाडौं । हिंसारहित समाज निर्माणको उद्देश्यसहित लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु...