मोबाइल लुटपाटको आरोपमा राजधानीको बौद्धबाट तीन जना पक्राउ
काठमाडौँ । राजधानीको बौद्धबाट मोबाइल लुटपाट गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
बौद्ध इलाकामा मोबाइल चोरी तथा लुटपाट भएको गुनासोका आधारमा परिचालित प्रहरी टोलीले २० थान लुटिएको मोबाइल सहित ३ जना पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा बाराको निजगढ रेगाबस्ती वडा नं.४ घर भई हाल गोकर्णेश्वर बस्ने समिर तामाङ, निजगढनै घर भइ बौद्ध बस्ने विरस मगर र खोटाङको बतासे घर भई गोकर्णेश्वर बस्ने भिम राई रहेका छन् ।
उनीहरुमाथि थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
प्रतिकृया दिनुहोस