दाहाल, नेपाल र चन्दबीच कोटेश्वरमा भेटवार्ता, समसामयिक राजनितिक अवस्थाबारे छलफल

Dhal  nepal  bplb

काठमाडौँ । कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकार गठन भएपछि नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले प्रमुख राजनीतिक दलका शीर्ष नेतासँगको भेटघाट बढाएका छन् ।

बुधबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटेका चन्दले बिहीबार नेकपा एमाले नेता माधवकुमार नेपाललाई भेटेका हुन् । नेपालको निवास कोटेश्वरमा चन्द र नेपालबीच भेटवार्ता चलिरहेकै बेला दाहाल पनि पुगेका थिए ।

त्यसपछि केहीबेर तीन नेताबीच छलफल भएको दाहालको सचिवालयले जनाएको छ । भेटवार्तामा तीन नेताबीच पछिल्लो समसामयिक राजनीतिक विषय सामान्य छलफल भएको थियो ।

साथै चन्द नेतृत्वको पार्टीले केपी शर्मा ओली नेतृत्वको सरकारसँग गरेको तीन बुँदे सहमतिका विषयमा पनि छलफल भएको छ । तीन बुँदे सहमति गरेर मूलधारको राजनीतिमा आएपनि चन्द नेतृत्वको पार्टीका माग पूरा भएका छैनन् । चन्दसँगै धर्मेन्द्र बाँस्तोला पनि नेपाल निवास पुगेका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु, १० डिसेम्बरसम्म चल्ने

Mahila himsa

काठमाडौं । हिंसारहित समाज निर्माणको उद्देश्यसहित लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु...