तीन प्रजिअको बैठक बस्दै : लामो दुरीका सवारी साधनबारे छलफल हुने
काठमाण्डौं । उपत्यकामा वैशाख १६ गतेदेखि जारी गरिएको निषेधाज्ञाको अवधि आज राती १२ वजेबाट सकिदै छ । थप निषेधाज्ञाबारे छलफल गर्न उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक आज बस्ने भएको छ ।
बैठक अपराह्न चार बजे बस्ने काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए ।
पराजुलीले जारी निषेधाज्ञालाई थप गर्दै बैठकमा लामो दुरीका सार्वजनिक यातायातका साधन सन्चालनका सम्बन्धमा छलफल हुने सक्ने बताए । उहाँले भन्नुभयो, ‘लामो दुरीका सवारी साधनबारे पनि छलफल हुन्छ, ‘ तर के गर्ने भन्ने एकिन छैन ।’
स्रोतका अनुसार स्वास्थ्य मापदण्ड अपनाएर लामो दुरीका सवारी साधन जोरबिजोर प्रणालीका आधारमा चलाउन दिनेबारे प्रजिअहरुबीच छलफल भइरहेको छ । ‘चलाउने कि नचलाउने, चलाउन दिने भए कसरी चलाउने भन्ने विषयमा छलफल हुन्छ,’ स्रोतले जनाएको छ ।
काठमाडौं उपत्यकामा चल्ने सार्वजनिक यातायातका साधनमा यसअघि लगाइएको जोरबिजोर प्रणालीको नियम हटाइसकिएको छ भने बाहिरबाट आउने लामो तथा छोटो दूरीका सार्वजनिक यातायातलाई पासको व्यवस्था गरी उपत्यका भित्रिन दिइएको छ ।
प्रतिकृया दिनुहोस