विद्यार्थीको आन्दोलनले १ रुपैयाँ घट्यो पेट्रोलियम पदार्थको मूल्य
काठमाडौं । विद्यार्थी संघ संगठनहरुको आन्दोलनका कारण कारण नेपाल आयल निगमले पेट्रोलियम पद्धार्थको मूल्य १ रुपैयाँ घटाएको छ ।
मूल्यवृद्धिको विषयलाई लिएर आन्दोलनरत संयुक्त विद्यार्थी संगठनसँगको वार्तापछि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाइएको हो ।
बुधबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल तथा डिजेल र मट्टितेलको साविकको खुद्रा विक्री मूल्यमा प्रतिलिटर १ रुपैयाँ मूल्य घटाइएको निगमले जनाएको छ । योसँगै पेट्रोल प्रतिलिटर १२८ रुपैया कायम गरिएको छ । त्यस्तै, डिजेल र मट्टितेलको मूल्य १११ रुपैयाँ कायम गरिएको छ ।
पेट्रोलियम पद्धार्थको छैटौं मूल्यवृद्धिविरुद्ध नेपाल विद्यार्थी संघ, अनेरास्ववियु क्रान्तिकारी, अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन र अखिल आन्दोलित छन् ।
प्रतिकृया दिनुहोस