बुधबार काठमाडौँ उपत्यकामा थप ४२५ जनामा संक्रमण पुष्टि, कुन जिल्लामा थपिए कति ?
काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ४२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा २९४, भक्तपुरमा ६९ र ललितपुरमा ६२ जना संक्रमित थपिएका हुन्।
नेपालमा पछिल्लो चौबीस घन्टामा थप २ हजार ९ सय ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
बुधबार देशभर १८ जना संक्रमितको मृत्यु भएको छ भने १६ सय ६ संक्रमणमुक्त भएका छन्।
गत चौबीस घन्टामा ८ हजार १०८ पीसीआर तथा ४ हजार ९ सय १६ एन्टिजेन परीक्षण भएको छ।
प्रतिकृया दिनुहोस