देशवासीको नाममा ओलीको सम्बोधन : अदालतको फैसलाले लोकतन्त्रमा विश्वास राख्नेहरुलाई निराश बनायो 

Oli  smbodhan

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतको फैसलाले लोकतन्त्रमा विश्वास राख्नेहरुलाई निराश बनाएको बताए ।

प्रधानमन्त्री निवास बालुवाटारबाट बाहिरिनुअघि देशवासीका नाममा सम्बोधन गर्दै सर्वोच्चको हिजोको फैसलाले लोकतन्त्रमा विश्वास राख्नेहरुलाई र संविधानको सर्वोच्चतामा विश्वास गर्नेहरुलाई निराश बनाएको दाबी गरेका छन् ।

उनले भने, ‘दलीय व्यवस्थालाई फैसलाले के गर्यो,  त्यो पछि थाहा होला, संविधानको सर्वोच्चता र विधिको शासनमा विश्वास गर्ने पार्टी भएकाले फैसला कार्यान्वयन गरेका छौँ ।’ ताजा जनादेशका लागि जनतामा जाने निर्णयलाई निरङ्कुश भन्ने र अर्कै फैसला गर्नु कत्तिको उचित हो भनेर ओलीले प्रश्न गरे  ।

सर्वोच्चको फैसलाले व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाबीचको शक्ति सन्तुलनलाई प्रभाव पारेको ओलीको दाबी छ । एउटै दलका सांसद सत्तापक्ष र प्रतिपक्ष बन्न पाउने सर्वोच्चको फैसलाले लोकतान्त्रिक व्यवस्था र दलीय कानुनको धज्जी उडाएको ओलीको आरोप छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु, १० डिसेम्बरसम्म चल्ने

Mahila himsa

काठमाडौं । हिंसारहित समाज निर्माणको उद्देश्यसहित लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु...