काठमाडौँ उपत्यकामा क्रमश घट्दै संक्रमण, ४३३ जना संक्रमित थपिए
काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ४३३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा २८९, भक्तपुरमा ५४ र ललितपुरमा ९० जना संक्रमित थपिएका हुन्।
यस्तै नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ३ सय ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १८ जनाको मृत्यु भएको छ। यस्तै सोमबार १ हजार १ सय ३३ संक्रमणमुक्त भएका छन्।
गत २४ घण्टामा ७ हजार ६ सय ८९ पीसीआर तथा ३ हजार ८ सय ९५ एन्टिजेन परीक्षण भएको छ।
प्रतिकृया दिनुहोस