राष्ट्रपति भण्डारीद्धारा राष्ट्रिय सभाको अधिवेशन अन्त्य
काठमाडौँ । राष्ट्रियसभाको अधिवेशन अन्त्य भएको छ। सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवि भण्डारीले सोमबार राति १२ बजेदेखि लागू हुने गरी अधिवेशनको अन्त्य गरेकी हुन्।
सरकारले यही असार १७ गतेदेखि राष्ट्रियसभाको अधिवेशन बाध्यात्मक रुपमा आह्वान गरेको थियो।बैठक मंगलबार दिँउसो ३ बजेका लागि बोलाइए पनि त्यसअघि नै अधिवेशन अन्त्य गरिएको हो।
प्रतिकृया दिनुहोस