न्यायाधीशलाई प्रचण्डको धन्यवाद, ‘अदालतको फैसलाले आम नेपाली जनताको जीत भयो’

Dahal 112 10 51

काठमाडौँ । नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सर्वोच्च अदालतको फैसला स्वागतयोग्य भएको बताएका छन् । फैसलालाई आम नेपाली जनताले स्वागत गर्ने प्रक्रिया शुरु भइसकेको बताउँदै प्रचण्डले यसको कार्यान्वयन हुनेमा आफू विश्वस्त रहेको समेत बताएका छन् ।

संसद् पुनर्स्थापना गर्ने र शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गर्ने सर्वोच्च अदालतको निर्णय स्वागतयोग्य भएको भन्दै प्रचण्डले न्यायाधीशहरूलाई धन्यवाद समेत दिएका छन् । प्रचण्डले भने, ‘सर्वोच्च अदालतबाट फैसला आइ नै सकेको छ । दुनियाँले यसलाई स्वीकार्ने कुरा हुन्छ । आम नेपाली जनताले स्वागत गर्ने प्रक्रिया शुरु भइ नै सकेको छ । यदि फैसला कार्यान्वयन नगर्नेतिर गइयो भने जनताले उनीहरूलाई बढार्नेछन् ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले ठुलो ऐतिहासिक अवसर पाएर पनि त्यसलाई सदुपयोग गर्न नसकेको प्रचण्डले बताए । अब शेरबहादुर देउवाको नेतृत्वमा बन्ने गठबन्धन सरकारले जनताको पक्षमा काम गर्ने प्रचण्डले विश्वास व्यक्त गरे । साथै अब देशमा वामपन्थीहरूको एकता र राष्ट्रिय एकतासमेत हुने उनले दाबी गरेका छन् ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु, १० डिसेम्बरसम्म चल्ने

Mahila himsa

काठमाडौं । हिंसारहित समाज निर्माणको उद्देश्यसहित लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु...