दम्भ र अहंकार बोकेर फैसला कार्यान्वयनमा बाधा पुर्याउने मूर्खता कतैबाट नहोस् : गगन थापा
काठमाडौँ । नेपाली कांग्रेसका नेता गगन थापाले सर्वोच्च अदालतले प्रतिनिधि पुनःस्थापना गरेर संविधानको रक्षा गरेको बताएका छन्।
अदालतको फैसला सार्वजनिक हुनासाथ सोमबार थापाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘प्रतिनिधि सभा विघटन असंवैधानिक थियो, सर्वोच्च अदालतले व्याख्या गर्दै संविधानको रक्षा गरेको छ।
अदालतको आदेश मन परेन भने असहमत हुन पाइन्छ, तर अस्वीकार गरिँदैन। उत्तेजना, दम्भ र अहंकार बोकेर फैसला कार्यान्वयनमा बाधा पुर्याउने मूर्खता कतैबाट नहोस् भन्ने आशा गरौं। नत्र भीरबाट खस्नेलाई रामराम !’
प्रतिकृया दिनुहोस