विपक्षी ५ दलीय गठबन्धनको बैठक बस्दै
काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना भएपछि विपक्षी गठबन्धनको बैठक बस्ने भएको छ ।
नेपाली कांग्रेस, माओवादी केन्द्र, एमालेको माधवकुमार नेपाल समूह, बाबुराम भट्टराई उपेन्द्र यादव समूहको जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको संयुक्त बैठक बस्न लागेको हो ।
सिंहदरबारमा बैठक बस्ने तयारी भइरहेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए ।
उनका अनुसार सर्वोच्च अदालतको आजको फैसलाबारे गठबन्धनले समीक्षा गर्नेछ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश भएकाले त्यसको तयारीका लागि पनि गठबन्धनको बैठक बस्न लागेको हो ।
प्रतिकृया दिनुहोस