सर्वोच्चको आदेश लगत्तै देउवाले बोलाए पदाधिकारी बैठक

Deuba 2021

काठमाडौँ । सर्वोच्चले प्रधानमन्त्री बनाउन परमादेश दिए लगत्तै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको पदाधिकारी बैठक बोलाएका छन् ।

मुख्यसचिव कृष्णप्रसाद पौडेलले पदाधिकारी बैठक बोलाइएको पुष्टि गरे । बैठकमा महाधिवेशनको तयारी र निर्वाचन समितिले तयार पारेको निर्वाचन निर्देशिकामाथि छलफल हुने मुख्यसचिव पौडेलले जानकारी दिए । वरिष्ठ अधिवक्ता महादेव यादव संयोजक रहेको निर्वाचन समितिले महाधिवेशनको तयारी अगाडि बढाएको छ ।

कांग्रेसको १४ औं महाधिवेशन भदौ १६–१९ गतेसम्म काठमाडौंमा हुने गरी कार्यतालिका तय गरिएको छ । रमेश लेखक संयोजक रहेको सात सदस्यीय क्रियाशील सदस्यता छानबिन समितिले सदस्यता टुंग्याउने काम अन्तिम चरणमा पुर्‍याएको छ ।

समितिका प्रवक्ता प्रदीप पौडेलले असार मसान्तसम्म क्रियाशील सदस्यताको काम सकिने जानकारी दिए । १२ साउनदेखि कांग्रेसको स्थानीय अधिवेशन शुरु हुँदैछ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु, १० डिसेम्बरसम्म चल्ने

Mahila himsa

काठमाडौं । हिंसारहित समाज निर्माणको उद्देश्यसहित लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु...