मन्त्रीले गरे बिश्रान्तीका वृद्ध वृद्धाहरुसँग भेटघाट

Bisranti

धनकुटा । प्रदेश नं. १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द आङवो लिम्बु ‘मौसम’ ले धनकुटाको बिश्रान्तीमा रहेका वृद्ध वृद्धाहरुसँग भेटघाट गरेका छन् ।

मन्त्री आङ्बोले धनकुटा नगरपालिका वडा नं. ९ मुलघाटमा रहेको बिश्रान्ती मन्दिरमा रहेका वृद्धवृद्धाहरुलाई भेटी फलफुल वितरण गरेका छन् ।

विश्रान्ती मन्दिरको अनुगमनका पुगेका मन्त्री आङ्बोले बिश्रान्ती मन्दिरसम्म पुग्ने बाटो पीच गर्न ३५ लाख र अत्याधुनिक शौचालय निर्माण गर्न प्रदेश सरकारले २५ लाख रुपैयाँ विनियोजन गरेको बताए ।

उनले सो मन्दिरको विकासका लागि स्थानीय सरकारले सहयोग गर्ने र स्थानीय सरकारले गर्न नसकेको अवस्थामा प्रदेश सरकारले सहयोग गर्ने प्रतिवद्धता जनाए ।

धनकुटा नगरपालिका वडा नं. ९ का वडाध्यक्ष मनोज रायमाझीले मन्त्री आङ्बोले बिश्रान्ती मन्दिरमा रहेका वृद्धवृद्धालाई भेटेर सुखी साटासाट गरेको जानकारी दिए ।

प्रतिकृया दिनुहोस