कर घटाउन पाख्रिवास नगरपालिका घेराउ

Pakhribas 1

धनकुटा । जनताले तिर्नै नसक्ने गरी कर वृद्धिपछि नगरबासीले धनकुटाको पाख्रिबास नगरपालिका घेराउ गरेका छन् । उनीहरुले झण्डै २ घण्टा नारावाजीसमेत गरे ।

नेपाली कांग्रेस, राप्रपा प्रजातान्त्रिक सहितको लोकतान्त्रिक गठनबन्धनको नेतृत्वमा नागरिकहरुले घेराउ गरी पाख्रिवास नगरपालिकाका निमित्त कार्यकारी अधिकृत महेन्द्र रानालाई ज्ञापन पत्रसमेत बुझाएका छन् ।

पाख्रिवास नगरपालिकाले गत वर्ष २ सय रुपैयाँ लिँदै आएको एकीकृत सम्पत्ति कर तथा मालपोत कर अत्याधिक वृद्धी गरी अहिले २ हजार ४ सय रुपैयाँ लिन थालेपछि पाख्रिवासवासी आक्रोसित भएका थिए ।

त्यसैको विरोधमा नगरबासी पाख्रिवास बजारमा भेला भई नाराजुलुससहित जनताको ढाँड भाच्ने गरी वृद्धी गरिएको कर तत्काल घटाउन माग गरेका थिए ।

सो घेराउ कार्यक्रममा नेपाली काग्रेस धनकुटाका सचिव विजय सन्तोषी राई, कोषाध्यक्ष दिनेश राई, जिल्ला सदस्य ज्ञानबहादुर गुरुङ, राप्रपा प्रजातान्त्रिक पाख्रिवास नगर अध्यक्ष कृष्ण थापा, संघीय समाजवादी फोरमका केवल देवान लगायतले जनताले तिर्नै नसक्ने गरी अत्याधिक वृद्धी गरिएको कर तत्काल नघटाएमा सशक्त आन्दोलन गर्ने चेतावनी दिए ।

नेपाली कांग्रेस पाख्रिवास नगर कार्य समितिका सभापति कोपिन मानन्धरको अध्यक्षतामा भएको नगरपालिका घेराउ तथा कोण सभा कार्यक्रममा राप्रपाका क्षेत्रीय अध्यक्ष श्याम गुरुङ, लक्ष्मी थापा, नेपाली कांग्रेसका क्षेत्रीय सचिव हरी राई, जिल्ला सदस्यहरु गोरखबहादुर पिठाकोठे मगर, कमला भूजेल, नेपाल तरुण दल क्षेत्र नं. २ का अध्यक्ष तिलक महत, नेविसंघ धनकुटा बहुमखी क्याम्पस अध्यक्ष सरोज धमला, क्षेत्रीय सदस्य ज्योती गुरुङ, गंगा गुरुङ, श्याम प्रकाश राई, भक्त गुरुङ, लगायतको उपस्थिती थियो ।

प्रतिकृया दिनुहोस