एउटै डोरीमा झुण्डिएर प्रेमी प्रेमिका मृत फेला

Vnjtfyh

काठमाडौं । सिन्धुपाल्चोकको मेलम्चीमा एउटै डोरीमा झुण्डिएर प्रेमी–प्रमिकाले आत्महत्या गरेका छन् । भदौ ७ गतेदेखि हराएका जाजरकोटको छेडागाड नगरपालिका १३ कार्कीगाउँका २३ वर्षका चन्द्रसिंह ठकुरी र मेलम्ची नगरपालिका तालामारङकी १५ वर्षकी फुलमाया तामाङ एउटै रुखमा एउटै डोरीमा झुण्डिएको अवस्थामा मृत फेला परेका हुन्।

आइतबार स्थानीयले मेलम्ची नगरपालिका–६ सिन्धुकोटको जंगलमा कटुसको रुखमा भुण्डिएको अवस्थामा दुवैलाई भेटेपछि प्रहरीलाई खबर गरेका थिए।

केटीका आफन्तले छोरी हराएको भनेर प्रहरी कार्यालयमा उजुरी गरेपछि खोजी गर्दा एक युवक र युवती पक्राउ परेका थिए।उनीहरुसँगै हराएका अरु दुई जना पदम र फुलमाया भने झुण्डिएको अवस्थामा मृत भेटिएका प्रहरीले जनाएको छ।

सँगै हिँडेका अर्को जोडीलाई प्रहरीले पक्राउ गरेको थाहा पाएपछि उनीहरु डराएर आत्महत्या गरेको हुन सक्ने स्थानीयले आशंका गरेका छन्।ठकुरी ७ महिनाअघि जाजरकोटबाट सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका मानेभञ्ज्याङमा घर निर्माणको काम गर्न आएका थिए।

प्रतिकृया दिनुहोस